प्युठानमा बस पल्टिँदा ५ जनाको मृत्यु


 


प्युठान, वैशाख ३०

प्युठानमा आज बिहान बस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते ५ जनाको बुटवलमा र अरुको प्युठान अस्पताल तथा अरु पायक पर्ने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ना ४ ख १८७६ नम्बरको बस प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान २ बजेर ५० मिनेटतिर बस दुर्घटनामा परेको हो । बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: ३० बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्