नेपाल प्रहरीका २९८ जना हवल्दार असइमा बढुवा, को-को परे ? हेर्नुहोस्


 


काठमाडौं, बैशाख २९
नेपाल प्रहरीका २९८ जना हवल्दार प्रहरी सहायक निरीक्षक (असइ) मा बढुवा सिफारिस भएका छन् ।

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २९८ पदमा एकैचोटी हवल्दारहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवाका लागि सिफारिस गर्न बसेको बढुवा सिफारिस समितिको शनिबारको बैठकले यति संख्यामा सिफारिस गरेको हो ।

प्रहरी प्रमुखमा सर्बेन्द्र खनाल नियुक्त भएसँगै लामो समयदेखि नेपाल प्रहरीभित्र रोकिएको बढुवा र सरुवा धमाधम भइरहेको छ ।

रोकिएको बढुवा, सरुवा धमाधम हुन थालेपछि प्रहरीभित्र खुसीको सञ्चार छाउन थालेको छ ।

को-को बढुवा सिफारिसमा परे ? यहाँ क्लिक गरेर हेर्नुहोस्

प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्