अमेरिकी दुताबासअगाडि प्रदर्शन गर्ने हजारौं इन्डोनेसियाली गिरफ्तार


 


जकार्ता, वैशाख २९
इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उभिएका हजारौलाई शुक्रबार गिरफ्तार गरिएको छ ।

अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा इन्डोनेसियाली मुुसलमान धर्मावलम्बीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरुले यस सम्वन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विवादास्पद भएको बताउदै विरोध गर्दै आएका छन् । गत डिसेम्बरमा भएको ट्रम्पको निर्णयको विरोधमा संसारभरका विभिन्न देशहरूमा शृङखलावद्ध तरिकाले प्रदर्शनहरू भइरहेको छ ।

अमेरिकाको ट्रम्प प्रशासनले अमेरिकी दूतावास टेल अभिभबाट जेरुसेलममा सारिसकेको छ । सो कार्यालयको उद्घाटन आउदो सोमबार गर्ने कार्यक्रम रहेको थियो ।

इन्डोनेसियाको राजधानीमा रहेको राष्ट्रिय स्मृति पार्कमा हजारौँ प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले प्यालेस्टाइनको झण्डा र “स्टप ट्रम्प १” लेखिएको व्यानर लिएका थिए ।

मुस्लीम समुदायको बाहुल्यता रहेको विश्वकै सवै भन्दा ठुलो मुलुक इन्डोनेसियाको इजरायलसँग अहिले सम्म पनि दौत्य सम्वन्ध छैन ।
इजरायल र प्यालेस्टाइनको दुई पक्षीय द्वन्द्वमा जेरुसेलम सवैभन्दा जटिल विषय हो ।

एउटा पक्षले जेरुसेलमलाई राजधानी मान्न अस्वीकार गर्दै आएको छ भने अर्को पक्षले जेरुसेलमबाट राजधानी हटाउन नपाईने अडान राख्दै आएको छ । रासस÷एएफपी

प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्