शान्ति प्रक्रियालाई सघाउन रेडियो स्टेशनहरू खोलिने


 


मोगादिसु, वैशाख
सोमालियामा शान्ति प्रक्रियालाई सघाउनका लागि रेडियो स्टेशनहरू स्थापना गरिने भएको छ ।

सोमालिया सरकार र अफ्रिका युनियन मिसन (एमिसन)ले संयुक्त रुपमा तीन क्षेत्रीय राज्यहरुमा सामुदायिक रेडियोहरूको स्टेशन स्थापना गर्ने भएका हुन् ।

आगामी जुन महिनामा स्टेशनहरू स्थापना गर्ने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । सोमालियामा रहेको संयुक्त राष्ट्रसंघको सहयोग कार्यालयले रेडियोहरू स्थापनाका लागि सहयोग गर्ने भएको छ ।

सरकारी अधिकारीहरूले बिहीबार बेलुका दिएको जानकारी अनुसार हिर्साबेल्ले, जुब्बाल्यान्ड र दक्षिण पश्चिममा रेडियो स्टेशनहरू स्थापना गर्न लागिएको हो । रासस÷सिन्ह्वा

प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्