भारतीय प्रधानमन्त्री मोदीले गरे मुक्तिनाथको दर्शन


 


मुक्तिनाथ, वैशाख २९
नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहान ऐतिहासिक धार्मिक क्षेत्र मुक्तिनाथको दर्शन गरेका छन् ।
मन्दिरमा पुगेर मोदीले पूजाआराधना गरेका छन् ।

उनको स्वागतका लागि मुक्तिनाथमा बिहानैदेखि नै तयारी गरिएको थियो । बटुकहरुले स्वस्ती बाचन गरेका थिए भने स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका थिए ।

मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको थियो । मुस्ताङबाट फर्केर मोदी विश्व प्रसिद्ध पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् ।

प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्