मोदीको उच्चस्तरीय भेटवार्ता सकियो, के छ गर्दैछन् अाज ?


 


काठमाडौं, वैशाख २९
दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नै उच्चस्तरीय राजनीतिक भेटवार्ता सम्पन्न गरेका छन् ।

जनकपुर हुँदै काठमाडौं आएका मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरे भने समकक्षी ओलीसँग औपचारिक वार्ता गरेका छन् । यस्तै, पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता भएको छ ।

साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि मोदीसंग औपचारिक शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार जनकपुर ओर्लिएपछि जानकी मन्दिरको पूजापाठ गरेका मोदी आज मुस्ताङ पुगेर मुक्तिनाथ एवं काठमाडौं फर्केर पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् ।

स्वदेश फर्किनुअघि मोदीलाई अपराह्न काठमाडौं महानगरपालिकाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्