भारतीय प्रधानमन्त्री मोदी जनकपुर ओर्लिए, रक्षामन्त्री पोखरेलद्वारा स्वागत


 


काठमाडौं, वैशाख २८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि अहिले भर्खरै जनकपुर पुगेका छन् । एयर इन्डियाको विमानबाट जनकपुर ओलिएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् ।

मोदी अब सिधै विमानस्थलबाट जानकी मन्दिर जाँदैछन् । जहाँ उनको स्वागतका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली यसअघि नै पुगिसकेका छन् ।

जानकी मन्दिरमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा पूजा गर्ने कार्यक्रम छ । त्यसपश्चात प्रधानमन्त्री मोदीलाई जनकपुरस्थित बाह्रबिघामा नागरिक अभिनन्दन गरिने छ । मोदी दिउसो १ बजे काठमाडौं आउने कार्यक्रम छ ।

प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्