मोदीको स्वागत गर्न जनकपुरमा जनसागर, ठाउँ-ठाउँबाट उर्लिदै


 


जनकपुर, वैशाख २८
नेपाल भ्रमणको सिलसिलामा जनकपुर पुग्न लागेका भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि जनकपुरमा मानिसहरुको भीँड बढेको छ । दुई नम्बर पदेशका विभिन्न जिल्लाकाट मानिसहरु जनकपुर पुग्नका छन् ।

यसमध्ये महोत्तरीका सबै स्थानीय तहबाट मानिसहरुको उल्लेख्य उपस्थिति भएको छ । हजारौँको संख्यामा मानिसहरु जनकपुरधामतिर लागेका छन् ।

प्रदेश सरकारले जिल्लाका सबै स्थानीय तहबाट जनप्रतिनिधिसहित जनतालाई जनकपुरमा उतार्न निर्देशन दिएका थिए । सडकभरी सवारीसाधानसहित पैदल हिडिरहेका मानिसहरुलाई देख्न सकिन्छ ।

प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्