सुनको मूल्य निरन्तर बढ्दै, हेर्नुहोस् कति पुग्यो आज ?


 


काठमाडौं, वैशाख २७
नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य बढिरहेको छ । आज पनि सुन तोलामा थप एक सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार एक सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ७० रुपैयाँ पुगेको छ । चाँदी हिजाे सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्