बयान सकियो, ३४ महिनामा ३८ सय किलो सुन तस्करी


 


विराटनगर, वैशाख २६
साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मंगलबारसम्ममा ३० जनासँग बयान लिएको छ।

अभियुक्त बनाएर मुद्दा दर्ता गरिएका ६३ जना मध्ये ३० जना मात्रै पक्राउ परेका थिए। पक्राउ परेकासँग बयान लिने काम सकिएको आदालतका स्रेस्तेदार नवराज दुलालले बताए। पक्राउ परेकाको बयान अदालतले गत बिहीबारबाट लिन सुरु गरेको थियो।

दुलालका अनुसार पक्राउ परेका अभियुक्तको बयान सकिएका कारण बिहीबार ९पर्सी० बाट मुद्दाको बहस सुरु हुँदैछ । बुधबार कानून दिवस परेकाले बहस एक दिन पछि धकेलिएको हो। अन्नपूर्णमा खबर छ ।

मंगलबार बयान लिइएका प्रहरी अधिकारीले घटनामा आफूहरुको संलग्नता अस्वीकार गरेका छन्।

३४ महिनामा ३८ सय किलो सुन तस्करी 
यसैबीच गोरे समूहले ३४ महिनामा तीन हजार सात सय ९९ किलो पाँच सय ५९ ग्राम सुन विमानस्थल हुँदै तस्करी गरेर ल्याएको खुलेको छ। सन् २०१५ जुलाई देखि हाल सम्म उक्त परिणामको सुन तस्करी भएको अनुसन्धानबाट खुलेको हो।

अदालतमा अभियुक्तविरुद्ध मुद्दा दर्ता गर्दा यो कुरा पनि खुलाइएको छ। प्रचलित मूल्य अनुसार १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा बराबरको सुन तस्करी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अभियुक्तविरुद्ध यो बराबरको माग दाबी पनि गरिएको न्यायाधीवक्ता पाठकले बताए। उनले घटनालाई लिएर अभियुक्त पिच्छे नै फरक फरक मागदाबी गरिएको जानकारी दिए।

प्रकाशित मिति: २६ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्