सिन्डिकेट हटाएसंगै व्यवसायी र सरकारबीच भयो यस्तो सहमति


 


काठमाडौं, वैशाख २५
सिन्डिकेट अन्त्य भएसंगै सरकार र यातायात व्यवसायीबीच पाँच बुँदे सहमति भएको छ ।

सोमबार भएको छलफलबाट सहमतिपछि यातायात व्यवसायी महासंघले यसअघि घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

५ बुँदे सहमतिमा यातायात व्यवसायी सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको सरकारी कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेटको अन्त्य गर्न सहमत भएको यातायात व्यवसायीले जानकारी बताएका छन् ।

यस्तै एउटामात्र सार्वजनिक सवारी साधन भएको सवारी धनीले पनि सवारी सञ्चालन गर्न प्रचलित कानून अनुसार पाउने समझदारी हुनुका साथै सर्वोच्च अदालतको परमादेश अनुसारको जाँचबुझ आयोग गठनको प्रक्रिया पनि सरकारले अघि बढाउने सहमति भएको छ ।

भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुबीर महासेठको उपस्थितिमा यस्तो सहमति भएको हो ।

प्रकाशित मिति: २५ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्