भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले स्वागत नगर्ने, को जाँदैछ स्वागतमा विमानस्थल ?


 


काठमाडौं, वैशाख २५
वैशाख २८ गते नेपालको राजकीय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोदीलाई जनकपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने निर्णय गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

बरिष्ठ मन्त्रीका रुपमा रक्षामन्त्री पोखरेललाई मोदीको स्वागत गर्न लगाउने निर्णय भएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

सरकारका वरिष्ठतम मन्त्री हुन् । यसअघि ओली भारतको राजकीय भ्रमणमा दिल्ली जाँदा विमानस्थलमा भारतका वरिष्ठमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

मोदी पटनाबाट हेलिकोप्टरमा २८ वैशाख बिहान ९ः३० बजे जनकपुर विमानस्थल ओर्लिनेछन् । प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई जानकी मन्दिरमा स्वागत गर्नेछन् । लगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा पूजापाठ गर्नेछन् ।

पूजापाठ सकिएपछि मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । कार्यक्रममा मोदी र पोखरेलले सम्बोधन गर्नेछन् ।

मोदी त्यसैदिन अपराह्न १२ बजे काठमाडौं आइपुग्नेछन् । मोदी काठमाडौं आएलगत्तै सैनिक मञ्चमा गार्ड अफ अनर दिने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीसँग औपचारिक वार्ता हुने कार्यक्रम छ ।

प्रकाशित मिति: २५ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्