प्रहरीसंग झडप गर्न लगाएको आरोपमा पक्राउ परेकी गाउँपालिका उपाध्यक्ष रिहा


 


पर्सा, वैशाख २४
स्थानीयबासीलाई उक्साएर प्रहरीसंग झगडा गर्न लगाएको आरोपमा आज पक्राउ परेकी पर्साको जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीलाई प्रहरीले रिहा गरेको छ ।

माधक पदार्थ सेवन र मोबाइल चोरीको आरोपमा पक्राउ परेका व्यक्तिलाई छुटाउने भन्दै उपाध्यक्ष चौधरीको नेतृत्वमा गएका स्थानीयले आज विहान प्रहरी कार्यालयमा तोडफोड गरेका थिए ।

पक्राउ परेकी उपाध्यक्ष चौधरीमाथि सार्वजनिक अपराध मुद्दा लगाएपनि बोलाएको बेला उपस्थित हुने गरि रिहा गरिएको हो ।
उनीसंगै पक्राउ परेका ६ जनालाई भने हिरासतमै राखिएको छ ।

 

प्रकाशित मिति: २४ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्