सुनचाँदीको मूल्य उकालो लाग्दै, कति छ आज ?


 


काठमाडौं, वैशाख २४
नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य उकालो लाग्दै गएको छ । आज पनि सुनको मूल्य तोलामा थप तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ६५ रुपैयाँ पुगेको छ । चाँदी हिजो सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्