गाउँपालिका उपाध्यक्षकै नेतृत्वमा स्थानीय र प्रहरीबीच झडप


 


पर्सा, वैशाख २४
पर्साको जिरा भवानीपुर गाउँपलिकाकी उपाध्यक्ष उशा चौधरीको नेतृत्वमा गएका स्थानीय र प्रहरीबीच छडप भएको छ । झडपका क्रममा प्रहरीले २७ राउण्ड हवाइफायर २३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ ।

मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार रहका भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन गाउँपालिका उपाध्यक्षको नेतृत्वमा स्थानीउको टोली ईलाका प्रहरी कार्यालय सेढुवा पुगेको थियो ।

प्रहरीले भारतको बेतिया जिल्ला भंगहा थाना अन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो, दिनदयाल महतो लाई चेकजाँचका क्रममा मापसे गरेको र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चार जना सवार रहेको फेला पारेपपछि आईतबार साँझ पक्राउ गरेको थियो । त्यस्तै, मोवाईल चोरी आरोपमा सुपा लामा र दिनेश लामा पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई छुटाउन पुगेका स्थानीय र प्रहरीबीच लामो समय विवाद भएपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सेढवाबाट जिल्ला प्रहरी कार्यालय पर्सातर्फ लगेको थियो ।

तर, स्थानीयले ईलाका प्रहरी कार्यालयको प्रतिक्षालय तोडफोड गर्दै प्रहरीको मोटरसाईकलमा आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । झडपमा परी पाँच जना प्रहरी घाइते भएका छन् ।

प्रकाशित मिति: २४ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्