पार्टी एकताः ओली र प्रचण्डबीच भयो नयाँ सहमती, दुबै पार्टी विघटन गरिने


 



काठमाडौं, वैशाख २४
लामो समयदेखि पार्टी एकीकरणको तयारीमा रहेका नेकपा माओबादी केन्द्र र एमालेबीच नयाँ सहमती भएको छ ।

एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संयुक्त अधिवेशन गर्ने सहमती भएको छ ।

सहमतीअनुसार जेठको पहिलो साता बोलाइने अधिवेशनमार्फत नयाँ पार्टी र नेतृत्व घोषणा गरिने भएको छ ।  अहिले भएका दुबै पार्टी विघटन गरिनेछ ।

प्रकाशित मिति: २४ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्