मोदीलाई आकाशमा पनि कडा सुरक्षा !


 


काठमाडौं, वैशाख २४
दुईदिने नेपाल भ्रमणका लागि आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आकाशमा पनि कडा सुरक्षा दिइने भएको छ ।

‘इन्डियन एयर फोर्स’को हेलिकोप्टरमा आउने मोदी चढेको हेलिकप्टरको दायाँ बायाँ पनि पनि हेलिकप्टरले सुरक्षा दिने छ । गृह मन्त्रालयका अनुसार मोदी फोर्सको हेलिकोप्टरमा आउनेछन् । नयाँ पत्रिकामा खबर छ ।

मोदी भ्रमण सुरक्षामा खटिएका नेपाल प्रहरीका डिआइजी ठुले राईले प्रधानमन्त्री मोदीको भ्रमण दल तीनवटा हेलिकोप्टरमा जनकपुर आउने जानकारी दिए ।

जानकी मन्दिर दर्शनपछि मोदी सोही हेलिकोप्टरबाट काठमाडौं पुग्नेछन् । तर, मुस्ताङको जोमसोम जाने क्रममा भने नेपाली सेनाको हेलिकोप्टर प्रयोग हुन सक्नेछ ।

भारतीय पाइलट मुस्ताङको भूगोलमा अभ्यस्त नभएकाले नेपाली सेनाको हेलिकोप्टर प्रयोग हुन सक्ने सेनाको तर्क छ । मोदीलाई नेपालमा इन्डियन एयरफोर्सका कम्तीमा २५ सुरक्षाकर्मीले सुरक्षा दिनेछन् ।

प्रकाशित मिति: २४ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्