खोलाले बगाउँदा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु, गाउँ शोकमग्न


 


बझाङ, वैशाख २३
बझाङको थलारा गाँउपालिका वनडा नम्बर ४ डिक्लागाड भन्ने ठाउँमा खोलाले बगाउँदा एकै परिवारका चारसहित पाँचजनाको मृत्यु भएको छ ।

स्थानीय ढोढेखेत बजारबाट राति घर जानेक्रममा खहरे खोलाले उनीहरुलाई खोलाले बताएको हो । मृत्यु हुनेमा २७ वर्षीय हर्क बिक, उनकी श्रीमती २६ वर्षीया देवकीदेबी विक, छोरी १२ वर्षीया मनिषा विक, छोरा तीन वर्षीय सक्षम विकको मृत्यु भएको छ ।

त्यसैगरि उनीहरुसंगै ३५ वर्षीया कलसी विकको पनि बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।

उनीहरुलाई खोलाले शनिबार राति नै बगाएपनि विहान मात्रै थाहा भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।

एकै रातमा खोलाले पाँच जनाको मृत्यु मृत्यू भएपछि गाउँ नै शोकमग्न भएको छ । केही दिनअिघि मात्रै बझाङमा जिपलाई खोलाले बताउँदा तीन जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २३ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्