सुनचाँदीको मूल्य बढ्यो, कति छ अाज ? हेर्नुहोस्


 


काठमाडौं, वैशाख २३
साताको पहिलो दिन नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार सात सय रुपैयाँ पुगेको छ । शुक्रबारसम्म सुन प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ वृद्धि हुँदै प्रतितोला सात सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्