माओबादी केन्द्र छोडेका आहुतिले गरे नयाँ पार्टी गठन, को–को छन् सदस्यमा ?


 


काठमाडौँ, वैशाख २३
नेकपा (माओवादी केन्द्र) परित्याग गरेका विश्वभक्त दुलाल (अाहुति) को नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको ५१ सदस्यीय समिति गठन गरिएको छ ।

दुलालले विज्ञप्ति जारी गर्दै सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्धमा वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित नयाँ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल निर्माण गर्न लागिएको जानकारी दिए छ ।

आज सार्वजनिक गरिएको विज्ञप्तिअनुसार वैचारिक राजनीतिक तथा सांगठनिक अभियान समितिमा रमेश सुनुवार, धु्रव पराजुली, विदुर खरेल, धनकुमारी सुनार, नवीन रिमाल, बलराम तिमल्सिना, बन्धुविक्रम क्षेत्री, राजेश्वरी सुवेदी, जागृत रायमाझीलगायत ५१ जना रहेका छन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको प्रक्रिया अगाडि बढेपछि असन्तुष्टि व्यक्त गर्दै दुलालले माओवादी केन्द्र छाडेका थिए ।

प्रकाशित मिति: २३ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्