सशस्त्र प्रहरीमा ७१ जनाका लागि जागिर खुल्यो (विज्ञापनसहित)


 


काठमाडौं, वैशाख २२
सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्राविधि समूह खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । प्राविधिक तर्फ आठवटा विधाका लागि जम्मा ७१ जनाका लागि विज्ञापन खोलिएको हो ।

जसमा सशस्त्र प्रहरी निरीक्षक चिकित्सकका लागि खुलातर्फ १३ जनासहित २४ जना, सशस्त्र प्रहरी निरीक्षक बी.डी.एस. एक खुला र एक आतिबासी जनतातिर्फ एक गरि जम्मा दुई जनाको लागि दरखास्त आह्वान गरिएको छ ।

यस्तै, सशस्त्र प्रहरी नायव निरीक्षक स्टाफनर्सका लागि खुला १५ सहित २८ जना माग गरेको छ । यसैगरि, रेडियोग्राफर, फिजियोथेरापी, ल्याब टेक्निसियन, डेन्टल हाइजेनिष्टलगायत माग गरिएको छ ।

यस्तो छ विज्ञापन…

 

 

प्रकाशित मिति: २२ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्