भारतको बिहारमा बस दुर्घटना: २७ जनाको मृत्यु


 


नयाँदिल्ली, वैशाख २१

भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ ।

चर्चित पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको समाचार अनुसार घटनामा अन्य चार जना घाइते भएका छन् । मुजफ्फरपुरबाट नयाँदिल्लीतर्फ आउदै गरेको बस मोतीहारी जिल्लाको बेल्वा गाँउ नजिकै दुर्घटनामा परेको हो ।

बिहार राज्यका प्रकोप व्यवस्थापन मन्त्री दिनेश चन्द्र यादवले बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो ।

भारतमा सवारी दुर्घटना अत्यधिक धेरै हुने गरेको छ । सवारी दुर्घटनाकै कारण भारतमा हरेक बर्ष हजारौँ नागरिकको ज्यान जाने गरेको छ भने ठूलो सङ्ख्यामा घाइते हुनेगरेका छन् ।

राम्रो अवस्थामा नरहेका सडक र सवारी साधन तथा चालकको लापर्बाहीका कारण दुर्घटना धेरै हुनेगरेको जानकारहरू बताउछन् ।

प्रकाशित मिति: २१ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्