देशभर यातायात ठप्प, जनजीवन प्रभावित


 


काठमाडौँ, वैशाख २१
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सिण्डिकेट खारेज गरेको विरोधमा आज देशभर सार्वजनिक यातायात ठप्प पारेका छन् ।
व्यवसायीहरु सरकारले गत चैत २०७४ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाउँदै आन्दोलनमा उत्रेका हुन् ।

देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

उनीहरुले माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।

महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै चार लाख सार्वजनिक यातायात सञ्चालनमा छन् ।
अर्कातिर, कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने आफ्नो सेवालाई आज पनि निरन्तरता दिने भएका छन् ।

प्रकाशित मिति: २१ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्