ओली र प्रचण्डबीच भेटवार्ता, अझै तोकिएन मिति


 


काठमाडौँ, वैशाख २०
एमाले र माओबादी केन्द्रबीच पार्टी एकीकरणका विषयमा छलफल गर्न आज एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताबाट अझै पार्टी एकता गर्ने मितिको टुंगो लगाइएन ।

वैशाख भित्रै पार्टी एकता गर्ने उद्घोष गरेका दुई दलका नेताहरुले अझै पनि मिति तोक्न नसकेका हुन् । बैठकमा के विषयमा छलफल भयो भन्ने कुरा सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: २० बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्