सुनको मूल्य थप घट्यो, कतिमा झर्यो हेर्नुहोस्


 


काठमाडौं, वैशाख २०
बजारमा सुनको मूल्य तीन दिनदेखि लगातार रुपमा ओरालो लागिरहेको छ । आज पनि सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

हिजो सुन प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार रुपैयाँ छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्