प्रेस स्वतन्त्रताको पूर्वसन्ध्यामा आदालतको फैसलाः पत्रकारका हत्यारालाई आजीवन जेल


 


मुम्बइ, वैशाख २०
भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने नौ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ ।

कुख्यात बन्दुक आक्रमणकारी छोटा राजन र अरु आठ जनालाई बुधबार अदालतले पत्रकारको हत्यारा ठहर गर्दै आजीवन जेल सजाय सुनाएको हो ।

अपराधसम्बन्धी विषयमा पत्रकारिता गर्दै मिड डे नामक पत्रिकामा आबद्ध रहेका ज्योतिरमय डेको सन् २०११ को जुन ११ का दिन हत्या भएको थियो । डेले आफ्नो बारेमा नकारात्मक लेखेको भनेर बेखुशी भएका राजनले डेलाई गोली हान्न आदेश दिएको अभियोक्ताहरुले बताएका छन् ।

भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा विषेश अदालतले हत्याको मुख्य दोषी राजनलाई नै मानेको छ । विश्व प्रेस स्वतन्त्रताको पूर्व सन्ध्यामा आदालतको यस्तो फैसला आएको हो । हरेक बर्षको मे तीन तारिखका दिन विश्वभरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । रासस÷एएफपी

प्रकाशित मिति: २० बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्