पार्टी एकताः ओली र प्रचण्डबीच आज निर्णायक वार्ता हुँदै


 


काठमाडौं, वैशाख २०
पार्टी एकताको विषय टुंगोमा पुर्याउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि वार्ता हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा दुई नेताबीच पार्टी एकताका बाँकी विषय र पार्टी एकता घोषणाको मिति तोक्ने विषयमा छलफल हुने जनाइएको छ ।

वैशाख २० गते निर्णायक छलफल गर्ने यसअघिको सहमतिअनुसार ओली र प्रचण्ड आज छलफलमा जुटेका हुन् ।

दुई दलबीच पार्टी एकताका लागि पार्टीमा संख्यात्मक हिस्सेदारी, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी रहेको बताइएको छ । यसअघि वैशाख ९ गते दुई पार्टीबीच एकता हुने भएपनि केही विषय मिल्न नसक्दा पछाडि धकेलिएको थियो ।

प्रकाशित मिति: २० बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्