रामदेवको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


 


काठमाडौँ, वैशाख २०
नेपाली काँग्रेसले सिरहाको कल्याणपुर नगरपालिका १२ वेलहा निवासी काँग्रेसका वडा इकाई सभापति एवं पूर्वगाविस अध्यक्ष रामदेव यादवको निधनप्रति दुःख व्यक्त गरेको छ ।

विगत केही समयदेखि अर्बुद रोगबाट पीडित ७० वर्षीय यादवको गए राति सिरहास्थित आफ्नै निवासमा निधन भएको थियो । काँग्रेसले आज एक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

स्वर्गीय यादवले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । रासस

प्रकाशित मिति: २० बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्