सुन प्रकरणका आरोपी एसएसपीले पत्रकारलाई लात्ती हानेपछि यसरी पछ्याए पत्रकारले…


 


विराटनगर, वैशाख २०
साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याकाण्ड सम्बन्धी घटनामा बुधबार मोरङ जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पेश गरिएका अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनीले पत्रकारमाथि लात्ती उज्याउँदै झम्टिए ।

मुद्दा दर्तापछि प्रहरी हिरासतमा फर्काउने क्रममा अदालत परिसरमै लोहनीले अपशब्द प्रयोग गर्दै ‘लु खिच’ अझै फोटो खिच भन्दै पत्रकारको क्यामेरातर्फ हात र लात्ती हान्दै आक्रमण प्रयास गरे। अन्नपूर्णमा खबर छ ।

उनले उज्यालो अनलाइन र अनलाइन खबरका पत्रकार क्रमशः सुमन सुस्केरा र ध्रुव भट्टराईलाई लात्ती उझ्याउँदै आक्रमण प्रयास गरेका हुन्। यसको प्रतिवाद गर्दै पत्रकारले सरकारी वकिल कार्यालय परिसर बाहिरसम्म लोहनीसहितका प्रहरी अधिकृतको तस्बिर र फोटो खिच्दै पच्छाएका थिए।

सुन तस्करी र हत्या घटनाका सम्बन्धमा जिल्ला अदालतमा २९ जनाविरुद्ध बुधबार नै मुद्दा दर्ता भएको छ।

प्रकाशित मिति: २० बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्