सरोकारवाला निकायलाई व्यङ्ग्य, पत्रकारले आफै उठाए फोहोर (तस्बीरसहित)


 


धनगढी, वैशाख १९
धनगढीको मुख्य स्थान दशरथ भीम उद्यान अगाडि लामो समयदेखि थुप्रिएको फोहोर कसैले पनि नउठाएपछि केही युवा पत्रकारहरुको समूहले आफै उठाएको छ ।

उद्यानको अगाडि सडक छेउमै राखिएको फोहोर सरोकारवाला निकायले नउठाएको भन्दै पत्रकारहरुको समूहले व्यङ्ग्यात्मक रुपमा आफै फोहोर उठाएका हुन् । उद्यान अगाडिको फाहोर पत्रकारहरुले उठाउनु परेको भन्दै स्थानीयले उपमहानगरपालिका र उद्यानको आलोचना गरेका छन् ।

उनीहरुले दशरथ भिम उद्यानको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी भएपनि अमानवीय ढंगले लामो समयदेखि सडकमा फोहोर थुपारेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । युवा पत्रकारहरुको समूहले तीन ट्रली फोहोर उठाएर फालेको पत्रकार कमल साउँदले बताए । उनले कैयाैं पटक फोहोर उठेन भनेर समाचार लेख्दा पनि सम्बन्धित निकायको ध्यान नजाँदा दवाव दिने उद्देश्यले पत्रकार साथीहरु मिलेर फोहार उठाएको बताए ।

यसअघि धनगढी उपमहानगरपालिकाले उद्यान संरक्षणको जिम्मा लिएको स्वाँर कन्ट्रक्शनले नै फोहोर उठाउनुपर्ने बताएको थियो भने स्वाँर कन्ट्रक्शनले भने कुनै वास्ता नै गरको थिएन ।

वडाध्यक्ष बने दर्शक


पत्रकारहरुको समूहले लामो समयदेखि थप्रिरहेको फोहोर उठाइरहदा सरोकारवाला निकायका व्यक्तिहरु भनेर रमाइलो मानेर दर्शक बनिरहेका थिए । पत्रकारहरुले फोहोर उठाइरहेका बेला भीम उद्यानका व्यक्ति र धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिहरु दर्शक बनेर हेरिरहे ।

त्यसक्रममा धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी पनि नजिकैबाट पत्रकारहरुले सरसफाई गरिरहेको दृष्य नियालिरहेका थिए ।

प्रकाशित मिति: १९ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्