प्रधानमन्त्री ओलीले भने-‘प्रदेश नं १ को नाम र राजधानी तोक्न ढिला नगर्नुहोस्’


 


झापा, बैशाख १९
प्रदेश नं १ को नामाकरण अझै नभएको भन्दै प्रधानमन्त्री ओलीले आश्चर्य व्यक्त गर्नु भएको छ ।

“सप्तकोसी, सगरमाथा यही प्रदेशमा पर्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रदेश नं १ को नामाकरण र राजधानी तोक्न अब के ले रोक्यो ।”

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “सप्तकोसी र सगरमाथा भएको प्रदेशमा नामको अभाव कसरी हुन्छ ।”

विकासका लागि राजधानी नै बन्नुपर्छ भन्ने छैन भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजधानी तोक्न र प्रदेशको नामाकरण गर्न अब ढिलाई नगर्नुहोस् ।”

प्रकाशित मिति: १९ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्