फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची


 


काठमाडौं, बैशाख १९
नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको निगमले मूल्यबृद्धि गरेको हो ।

पेट्रोल २ रुपैयाँ मूल्य बृद्धि गरिएको छ । यसअघि पेट्रोलको १०६ रुपैयाँ मूल्य थियो । अब १०८ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार डिजेल र मट्टितेलमा तीन रुपैयाँ बृद्धि भएको छ । डिजेल र मट्टितेलको मूल्य ८७ रुपैयाँ थियो ।

अब डिजेल र मट्टितेलको मूल्य ९० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्