कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, वैशाख १९
नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य यथावत रहेपनि आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चादी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्