३३ किलो सुन प्रकरणः मुख्य अभियुक्त ‘गोरे’सहित ६२ जनाविरुद्ध मुद्दा दर्ता हुँदै


 


काठमाडौँ, वैशाख १९
३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित ६२ जनाविरुद्ध आज जिल्ला अदालत मोरङमा मुद्दा दर्ता हुँदैछ। ‘गोरे’लाई मुख्य अभियुक्त बनाएर पक्राउ परेका २८ जनासहित ६२ जनाविरुद्ध मुद्दा दर्ता गरिन लागेको हो ।

सरकारले गठन गरेको उच्चस्तरिय छानबिन समितिले विभिन्न प्रमाणका आधारमा २८ जनलाई नियन्त्रणमा लिएर बयान लिइसकेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए । उनले मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित फरार अन्य ३४ जना विरुद्ध पनि मुद्दा दर्ता गरिने जानकारी दिए ।

सङ्गठित अपराधमा प्रहरीले अनुसन्धानका लागि पाउने ६० दिनको म्याद बुधवारबाट सकिँदै छ।

विशेष अनुसन्धान टोलीले पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल, सञ्जय राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान विष्णु खड्का सहित २८ जनलाई पक्राउ गरी कारबाही अगाडि बढाएको थियो। घटना संलग्नता देखिएका एसएसपी श्याम खत्री भने फरार रहेका छन्।

तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेको थियो । प्रहरीले शव फेला पारेपछि यो घटना बाहिरिएको थियो ।

 

प्रकाशित मिति: १९ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्