‘इजरायली प्रधानमन्त्री नेतन्याहु एक कुख्यात झुट’


 


इरान, वैशाख १९
आणविक बिषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लगाएको आरोपको इरानले खण्डन गरेको छ । इरानले नेतन्याहु एक ‘कुख्यात झुट’ भएको आरोप लगाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घसेमीले इजरायलद्वारा तेहरानले आणविक महत्वकाङक्षाबारे लगाएको आरोप ‘मिथ्या,पूरानो, काम नलाग्ने र लाजमर्दो’ भनाई भएको दावी गर्नुभयो ।

नेतन्याहुको आलोचना निराश तथा कुख्यात झुटले बोल्ने अभिव्यक्ति भन्दा फरक नभएको धारणा घसेमीको थियो । नेतन्याहुले झूट र धुर्त कुराभन्दा केही नबोल्ने घसेमीको दावी रहेको छ ।

“नेतन्याहु र एउटा बालकको हत्या गर्ने यहुदी शासक दुवैको आधारभूत बुझाईमा विश्वभरका मानिसमा प्रशस्त जागरूकता र सावधानी रहेको छ भन्ने रहेको छ,” इरानी विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभयो ।

नेतन्याहुले सोमबार एक टेलिभिजनमार्फत प्रशारण गरिएको कुराकानीमा इरानसँग कुनै पनि समय सक्रिय गर्नसक्ने आणविक हतियार कार्यक्रम रहेको आफूसँग ‘प्रमाण’ रहेको बताउनुभएको थियो ।

तर उहाँले सन् २०१५ मा इरान र विश्वका शक्ति राष्ट्रले गरेको आणविक सम्झौतापछि पनि आणविक हतियारको निर्माण गरेका विश्वासलाग्दा तथ्य भने दिनसक्नुभएको थिएन । नेतन्याहुको आरोप अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट बाहिरिने वा नबाहिरिने भन्ने बिषयमा चर्चा चलिरहेका समय आएको हो ।

इरानले आणविक हतियार कार्यक्रमको निरन्तरता चाहिरहेको भन्ने आरोपको खण्डन गर्दै आएको छ । रासस÷एएफपी

प्रकाशित मिति: १९ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्