भारतीय प्रधानमन्त्री सिधै जनकपुर पुग्ने, ओलीले स्वागत गर्ने तयारी


 


काठमाडौं, वैशाख १८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा सिधै जनकपुरधाम जाने भएका छन् । उनी काठमाडौं नभई सिधै जनकपुर उत्रने गृहमन्त्री रामबहादुर थापा बादलले जानकारी दिए ।

मोदीको नेपाल भ्रमणको तयारी सम्बन्धमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्दै गृहमन्त्री थापाले ओली सिधै जनकपुर पुग्ने र उनको प्रधानमन्त्री ओलीले स्वागत गर्ने कार्यक्रम रहेको बताए ।

यही वैशाख २८ गते नेपाल आउने भारतीय प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टरमार्फत सीधै जनकपुर आएर जानकी मन्दिरमा पूजाआजा गर्नेछन्। मोदीको पूरानै कार्यक्रमअनुसार उनी धनकपुर धाम आउन लागेका हुन् ।

साथै बाह्रविघामा मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि मात्रै मोदी काठमाडौं आउने र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

प्रकाशित मिति: १८ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्