फेसबुकमा इस्लाम विरुद्ध जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय


 


जाकार्ता, वैशाख १८

फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ ।

इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।

विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी हुनुभएको छ । उहाँले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाउनु भएको थियो ।

“उहाँलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ,” बहारीका वकील अन्डी कोमाराले भन्नुभयो ।

उहाँले थप्नुभयो, “हामीले यस फैसलाको पुनरावलोकन गराउने छाैं, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।”  कारबाहीमा पर्नु भएका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुनुहुन्छ । रासस÷एएफपी

प्रकाशित मिति: १८ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्