सुनको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, वैशाख १८
बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा झरेको छ । सुन हिजोसम्म प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घट्दै प्रतितोला सात सय ५० रुपैयाँ कायम भएको छ । चाँदी हिजोसम्म प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

प्रकाशित मिति: १८ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्