के हो मोदीको नेपाल भ्रमणको प्रमुख उद्देश्य ? राजनीतिक सम्झौता नहुने


 


जनकपुरधाम, वैशाख १८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउँदैछन् । नेपाल भ्रमणका क्रममा उनले जनकपुर धाम पुग्ने योजना पनि बनाएका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको प्रमुख उद्देश्य धार्मिक र सांस्कृतिक भएको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणका क्रममा जनकपुर पुगेको गृहमन्त्री थापाले मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा कुनैपनि राजनीतिक सम्झौता नहुने बताए । गृहमन्त्री थापाले मोदीको सुरक्षाको लागि उच्च सुरक्षाको व्यवस्था गरिएको बताए ।

उनले भारतीय प्रधानमन्त्री मोदीको धार्मिक भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । मोदीको जनकपुरधाम भ्रमणका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली पनि जनकपुरधाम पुग्ने जनाइएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्