३३ किलो सुन प्रकरणः शव लुकाउन २ करोडको बार्गेनिङ !


 


काठमाडौं, वैशाख १८
३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीले शव लुकाउन दुई करोडको बार्गेनिङ गरेको खुलेको छ । नेपाल समाचार पत्रमा खबर छ ।

यो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । उनीमाथि मुद्दा चलाउने तयारी गरिएको छ।

डीएसपी केसीकै नेतृत्वमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शाक्यको शव मोरङमा बरामद गरेको थियो। सोही अनुसन्धानमा चलखेल भएपछि गृहले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएको पुष्टिसमेत गरिसकेको छ ।

आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ३ दिनको म्याद थप गरिएको हो। अनुसन्धानका लागि केसीलाई शुक्रबार जिप्रका मोरङ ल्याइएको थियो।

मोरङ प्रहरीको हिरासतमा २८ जना रहेका छन्, जसमा ६ जना प्रहरी अधिकारी छन्। पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, आइतबार म्याद थप भएका केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का हिरासतमा छन्। ६ जना नै निलम्बित भइसकेका छन्। प्रहरीले अनुसन्धानका लागि एसएसपी श्याम खत्रीका चालक विष्णु खड्कालाई पक्राउ गरेको छ।

प्रकाशित मिति: १८ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्