अब थुनामा रहेका सांसद निलम्बन हुने, विपक्षी दलले मान्छन ?


 


काठमाडौँ, वैशाख १८
अब कुनैपनि आरोपमा थुनामा रहने सांसद निलम्बन गर्ने व्यवस्था गर्न लागिएको छ । सत्तारुढ दल एमाले र माओवादी यस विषयमा सहमत भएका छन् । नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी दल सहमतिमा नआए बहुमतबाट निर्णय लिने निष्कर्षमा पुगेका हुन् । अन्तिम फैसलाबाट दोषी प्रमाणित नभई निलम्बन गर्न नहुने प्रमुख प्रतिपक्षी दल कांग्रेस तथा मधेसवादी दलहरूको अडान छ ।

संसद्को नियमावली मस्यौदा समितिको पछिल्लो बैठकमा माओवादीका सांसदले समेत निलम्बन गर्न नहुने, तर सेवासुविधा रोक्का गर्नुपर्ने बताउँदै आएका थिए ।

संसद्को अधिवेशन सुरु हुन लाग्दासमेत नियमावलीबारे सहमति नजुटेपछि दुवै नियमावली मस्यौदा समितिका सभापतिले शीर्ष नेतासँग सहमतिका लागि आग्रह गरेका हुन् ।

 

प्रकाशित मिति: १८ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्