किरात राईहरुको साकेला नाच सुरु
सन्जु राई
बैशाख, धरान १६
प्रकृति पुजक किरात राईहरुले सोमबारबाट विधिवत रुपमा ढोल, झयाम्टा फुकाई साकेला नाच सुरु गरेको छ ।
हरेक वर्ष बैशाख पूर्णिमा अर्थात वुद्ध जयन्तीको दिनबाट पन्ध्र दिन सम्म निरन्तर किरात राईहरु भेला भई ढोल, झयाम्टा बजाउदै साकेला सिली नाची साकेला उभौली चाड मनाउने गरेको छ ।
भोजपुर, संखुवासभा, खोटाङ, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, झापा, ईलाम, काठमाडौ, ललितपुर, भक्तपुर लगायत स्थानमा मात्र नभएर अमेरिका, बेलायत, हङकङ, मलेसिया साथै किरात राईहरु बसोबास गर्ने बिदेशी भुमिमा पनि वर्षको दुई पटक बैशाख पूर्णिमा साकेला उभौली र मंसिर पूर्णिमामा साकेला उधौलीको रुपमा ढोल, झयाम्टा बजाउदै किरात राईहरुले साकेला सिली नाच्ने गरेका छन् ।
यसरी देश तथा विदेशमा उभौलीको अवसरमा साकेला नाचि रहेको बेलामा धरानको विजयपुर स्थीत हाङ वुद्धि कर्णको दरबार परिषरमा पनि किरात राई यायोक्खा सुनसरीमा आवद्ध भाषिक, भातृ, नगर समिति तथा प्रारम्भिक कार्य समितिहरुका राईहरु एकै ठाउँमा भेला भएर विधिवत रुपमा रुपमा ढोल, झ्याम्टा फुकाइ सोई ढोले सोई अर्को ढोले खोई………..को तालमा ताल मिलाई साकेला सिली नाचेर यस वर्षको उभौलीको साकेला सिली नाच सुरु गरेका छन् ।
आज (बैशाख १७ गते सोमबार) बाट सुरु भएको साकेला सिली नाचले जेष्ठ ५ गते सम्म निरन्तरता पाउने किरात राई यायोक्खा सुनसरीकी अध्यक्ष कमला राईले बताईन् ।
यसै क्रममा सुनसरीका विभिन्न भाषिक, भातृ, नगर समिति तथा प्रारम्भिक कार्य समितिहरुको आयोजनामा धरान, हासपोशा, शान्तिनगर, ईटहरी, भरौल, चक्रघट्टी, बक्लौरी, बराहक्षेत्र, ईनरुवा, दुहबीलगायत सुनसरीका विभिन्न स्थानमा सामुहिक रुपमा साकेला नाच्ने कार्यक्रमहरु समेत रहेको किराया जिल्ला कार्य समिति सुनसरीका सचिव हिन्दुहाङ राईले बताए ।
सचिव राईका अनुसार बैशाख १८ गते धरानको मुख्य चौक भानुचौकमा किराया धरान नगर समिति, किरात राई विद्याथी संघ सुनसरी, किरात राई कलाकार संघ सुनसरी र किरात राई पत्रकार संघ सुनसरीको संयुक्त आयोजनामा वृहत साकेला नाच्ने कार्यक्रम रहेको छ ।
यसैगरी आगामी जेष्ठ ४ गते सम्म सुनसरीको धरान, हासपोशा, शान्तिनगर, ईटहरी, भरौल, चक्रघट्टी, बक्लौरी, बराहक्षेत्र, ईनरुवा, दुहबीलगायतका स्थानमा सामुहिक रुपमा साकेला नाच्ने कार्यक्रम रहेको छ ।
भने यस वर्षकोे साकेला उभौलीको समापन जेष्ठ ५ गते धरान १७ स्थीत साकेला साँस्कृतिक पार्कमा प्रतियोगितात्मक प्रा.क.स.स्तरीय साकेला सिली प्रदर्शनी कार्यक्रम गर्ने र सोही कार्यक्रममा एक नंबर प्रदेश किरात प्रदेश हुनु पर्छ भन्दै विभिन्न वक्ताहरुले बोल्ने कार्यक्रम समेत रहेको आयोजकले जनाए ।
प्रकाशित मिति: १७ बैशाख २०७५, सोमबार