गृहक्षेत्र पुगेर देउवाले दिए सरकारलाई यस्तो गम्भीर चेतावनी


 


धनगढी, वैशाख १७
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एकलौटी तरिकाले अगाडि बढ्दै गए सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

धनगढी विमानस्थलमा पत्रकारसंग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार नसच्चिए काँग्रेस बाध्य भएर सडकमा उत्रने चेतावनी दिए ।

ओलीको राष्ट्रबाद लम्पसारबादमा परिणत भएको आरोप लगाउँदै उनले ओलीले लोकतन्त्रलाई मास्न खोजेको आरोप लगाए । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा सुदूरपश्चिमका कुनैपनि मुद्दालाई नसमेटेको आरोपसमेत लगाए ।

आफ्नो भ्रमणका क्रममा गौरीफन्टा नाका, सुख्खा बन्दरगाहा निर्माणलगायका विषयको समेटेको भएपनि अहिले ओली यस क्षेत्रका कुनैपनि मुद्दा नउठाएको बताए । उनले यस क्षेत्रका कुनै पनि विषय नराखेर भारतसामु आफ्नो राष्ट्रबाद लम्पसारबादमा परिणत गरेको आरोप लगाए ।

सो अवसरमा सञ्चारकर्मीको जिज्ञासामा देउवाले व्यस्ततका कारण पार्टी पदाधिकारी चयन गर्न ढिलाई भएको बताए । उनले यही वैशाख २१ गते सहमतीमै पदाधिकारी चयन गरिने दाबी गरेका छन् ।

प्रकाशित मिति: १७ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्