कांग्रेस बैठक स्थगित, पौडेल र सिटौलाले गरे बैठक बहिस्कार


 


काठमाडौं, वैशाख १७
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको पदाधिकारी चुन्नका लागि आज विहान ८ बजे बोलाएको बैठक स्थगित भएको छ ।

बैठक छलफल नै नगरी बैठक बोलाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेपछि बैठक बस्न नसकेको हो । अब अर्को बैठक २१ गते बस्ने निर्णय गरिएको केन्द्रिय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

उनकाअनुसार महामन्त्री शशांक कोइरालाको अनुरोधमा सभापति देउवाले बैठक स्थगित गरेका हुन् । त्यसक्रममा देउवाले अर्को बैठकसम्ममा पनि सहमति हुन नसकेका महामन्त्री कोइरालालाई आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

कांग्रेस विधान अनुसार २ महिना भित्र गरिसक्नु पर्ने पदाधिकारी मनोनयन २ बर्ष सम्म हुन सकेको छैन।

प्रकाशित मिति: १७ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्