आज देउवा पदाधिकारी मनोनयन गर्दे, को-को हुँदैछन् उपसभापति र महामन्त्री ?


 


काठमाडौं, बैशाख १७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी पदाधिकारी मनोनयन गर्ने तयारी गरेका छन् ।

आज विहान ८ बजे निर्वाचित केन्द्रीय सदस्यहरुको मात्र बैठक बोलाइएको छ । यद्यपी यसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको भने असहमति कायमै छ ।

देउवा निकट स्रोतका अनुसार देउवाले विमलेन्द्र निधिलाई उपसभापति र पूर्णबहादुर खड्कालाई महामन्त्री नियुक्त गर्ने सम्भावना छ ।

उपसभापतिमा निधिसँगै विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठको पनि दाबी छ । महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गर्ने सम्भावन पनि रहेको स्रोतको भनाई छ ।

सहमहामन्त्री पौडेल समूहलाई दिने देउवाको सोच छ ।

प्रकाशित मिति: १६ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्