माधव नेपालको नजरमा पार्टी एकता किन भएन ?


 


एकताका लागि प्राविधिक विषय मिलाउन बाँकी

रुकुम, १६ वैशाख
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमाले र नेकपा(माओवादी केन्द्र)बीच एकताका लागि धेरै काम सम्पन्न भइसकेको र केही प्राविधिक विषय मिलाउनुपर्ने भएको बताउनुभएको छ ।

रुकुम पश्चिमको चौरजहारीमा एमाले रुकुमका नेता स्व यदु गौतमको शालिक अनावरण तथा यदु स्मृति भवनको उद्घाटन गर्दै उहाँले एकताले जनतामा सकारात्मक सन्देश गएकाले निराश नहुन सबैलाई आग्रह गर्नुभयो ।

गौतमको हत्या गरिनु दुर्भाग्यपूर्ण हो भन्दै उहाँजस्ता महान् व्यक्तित्वको अवसानले पार्टीमा अतुलनीय क्षति पुगेको नेता नेपालको भनाइ थियो ।

एमाले रुकुमका तत्कालीन सचिव गौतमलाई २०५५ साल फागुन २१ गते तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो ।

प्रकाशित मिति: १६ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्