शक्ति देखाउन भन्दै कर्णालीमा दुई धामीले हामफाले, एकको मृत्यु, एक बेपत्ता


 


बाजुरा, वैशाख १६
आफूमा दैवी शक्ति प्राप्त भएको भन्दै शक्ति देखाउन आइतबार कणाली नदीमा दुई जनाले हामफालेका छन् । नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

विहान शक्ति देखाउँछु भन्दै बाजुराको जगन्नाथ गाँउपालिकाका ६१ वर्षका मान सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिए । हाम फाल्ने जगन्नाथ गाँउपालिकाकै ५३ बर्षीय जयबहादुर बिष्ट बेपत्ता भएकाछन् ।

उनको खोजी भइरहको कुन्ना प्रहरी चौकीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक बोहराका अनुसार हाम फालेका दुवै जना आइतबार बिहान नदी किनारामा काप्दै थिए । त्यसपछि आफूमाथि दैवी शक्ति प्राप्त भएको भन्दै उनीहरुले नदीमा हाम फालेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

प्रकाशित मिति: १६ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्