सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो आज ?


 


काठमाडौं, वैशाख १५
नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । शुक्रबार मात्रै तोलामा दुई सयले घटेको सुनको मूल्य आज फेरि दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार ९ सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्