प्रधानमन्त्रीले प्रदेश ५ को प्रदेशसभामा विशेष सम्बोधन गर्दै


 


काठमाडौं, वैशाख १६
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नम्बर ५ को प्रदेश सभामा विशेष सम्बोधन गर्दै गर्दैछन् । प्रधानमन्त्री पहिलो पटक प्रदेश संसदमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने भएपछि वैशाख २१ गतेका लागि बोलाइएको प्रदेशसभाको बैठक आज बोलाइएको प्रदेशसभाका सचिव डा मानबहादुर विकले जानकारी दिए । उनकाअनुसार प्रदेश सरकारले प्रधानमन्त्री ओलीबाट प्रदेशसभामा सम्बोधनको आशा गरेपछि आज सम्बोधन हुन लागेको हो ।

प्रकाशित मिति: १६ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्