मालेका पोलिटव्युरो सदस्य रिमाल निष्कासित, यस्तो छ आरोप


 



काठमाडौँ, वैशाख १६

नेकपा (माले) को पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ ।

यही वैशाख ११ गतेदेखि शुरु भई आज सम्पन्न बैठकले पार्टीका विचार र आदर्र्शबाट विचलित भई पार्टी विरोधी गतिविधिमा संलग्न भएको ठहर गर्दैै रिमाललाई कारबाही गरेको हो ।

पार्टी विधानको धारा ४७ कोे उपधारा ४ बमोजिम पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्दै बैठकले १५ बुुँदे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्र्रस्ताव पारित गरेको छ । बैठकले महासचिव सिपी मैनालीद्वारा प्रस्तुुत वर्तमान राष्ट्रिय राजनीतिक तथा सांगठनिक पक्षको ठोस विश्लेषणसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

बैठकले केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकद्वारा गठित संगठन तथा संघर्षको आगामी कार्ययोजना मस्यौदा समितिले तयार गरी प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरी केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठकमा पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्